नवलपुरको सरमुकाम देशैकै नमुना बन्छ : प्रधानमन्त्री ओली

 

कावासाेती, ७  वैशाख  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम नवलपुरको मात्रै नभै देशकै नमुना सदरमुकाम हुने बताउनुभएको छ ।

शनिवार नवलपुरको कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै देशकै कान्छो जिल्ला नवलपुरले नवलपुरको मात्रै नभई देशभरिकै नमुना सदरमुकामको शुरुवात गरेको बताउनुभयो । ‘यो नया छ , नया ढङ्गले हरेक कुराको व्यवस्थापन गर्न सक्छ , व्यवस्थित शहर,आकर्षक शहरको रुपमा निर्माण कसरी बनाउने रहेछ मानिस हेर्न आउन’ प्रधानमन्त्री ओलीले भन्नुभयो यो कामका लागि सम्पुर्णलाई शुभकामना छ ।

संविधान बनाउदा ४ नम्बर प्रदेशले उत्तरको मात्रै होईन दक्षिणको सिमा पनि छुन पाउनुपर्छ भनेर आफुले धेरै लडेको प्रधानमन्त्री वलीले भन्नू भयो   गण्डकीमा जहाज चलाउने सपना आफुले नै देखेकाले त्यो छिट्टै पुरा गरेर छाड्ने दावी गर्नुभयो ।

उहा“ले धौवादिको फलामा खानीलाई सकेसम्म छिट्टै संचालन प्रतिबद्धता जनाउदै यसले देशको विकास र समृद्धिको सपना साकार पार्न मदत पुग्नेमा जोड दिए । यस्तै तीन वर्ष भित्र देशका हरेक घरमा विजुली पुर्याउने समेत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले अहिले भर्ना अभियान चलिरहेकाले सबै मिलेर भर्ना अभियान सफल बनाउन समेत आग्रह गर्नुभयो । सम्पुर्ण जनप्रनीधि , आम व्यक्तीलाई घर घरमा पुगेर भर्ना अभियानलाई सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

प्रधामन्त्री ओलीले कार्यक्रममा बोल्दै देश संवृद्धी र विकास तर्फ बढेको समेत बताउनु भएको छ । कावासोती नगरपालिका तीनमा रहेको खालि जग्गा सरकारको नाममा आए संगै एकिकृत कार्यालय स्थापना निर्माणको पहल शुरु भएको हो । एकिकृत रुपमा कार्यालय व्यवस्थापन गर्दा नागरिकहरुले एकै स्थानबाट सबै सेवाहरू सहज रुपमा लिन सक्ने अपेक्षा लिईएको छ ।

शेयर गरौ

ताजा अपडेट