सुरेन्द्र पाण्डेको क्षेत्रमा आज थप २१ करोड रकम निकासा, सबै रकम सडक निर्माणमा

चितवन समाचारडटकम, ६ बैशाख ।
पूर्व अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्वर–१ का विभिन्न सडक निर्माणलाई सम्पन्न गर्न थप २१ करोड बजेट अर्थ मन्त्रालयवाट निकासा भएको छ । क्षेत्र नम्वर १ का विभिन्न ७ वटा सडकलाई निर्माण सम्पन्न गर्न थप ३ करोडका दरले पूर्व मन्त्री पाण्डेले रकम माग गर्नुृभएको थियो । अर्थ मन्त्रालयको बजेट महाशाखाले आज महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखि भौतिक पूर्वाधार तथा यातायात मनत्रालयले गरेको रकमान्तरको निर्णय बमोजिम रकम निकासा गरेको जनाएको छ ।
थप बजेट परेका योजनाहरुमा हर्दि चिप्लेटी सडकलाई ३ करोड, जम्कौली फसेरा फर्सेनी सौराह सडक ३ करोड, राप्ती नयाँ भण्डारा हेल्थपोष्ट– सिरकोट अभियानचोक अमिलीपानी सडक ३ करोड, खैरेनी बजार बासु स्मृती व्रिगेडबाट सिद्धिपुर सडकललाई ३ करोड रहेको छ । त्यसैगरी कठार वडगाँउ खैरहनी फुलवरिया राप्ती भण्डारा सडक ३ करोड, राप्ती नदी रिंगरोड सडक ३ करोड, सिद्धिपुर खोलेसिमल सडक ३ करोड रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट