प्रदेश ३ को लगानी सम्मेलन भरतपुरमा शुरु, प्रचण्डद्वारा उद्घाटन

चितवन समाचार डटकम, ६ बैशाख ।
प्रदेश ३ को विकासका लागि भरतपुरमा लगानी सम्मलेन शुरु भएको छ । आज र भोली चल्ने सम्मेलनको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।


सम्मेलनमा प्रदेश ३ को सम्भावना र यहाँ लगानी हुने क्षेत्रको विषयमा वृहत छलफल तथा अन्तरक्रिया हुने छ ।
प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले सम्मेलनले यस प्रदेशको विकासका आधारशीला तय गर्ने बताउनुभयो ।
‘प्रदेश नम्वर ३ मा पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतमा लगानीका संभावना बारे नीजि क्षेत्रका प्रतिनिधिहरुलाई जानकारी गराईने र लगानीको आह्वान गरिने उहाले जानकारी दिनु भयो । कार्यक्रममा आयोगले आधारपत्र प्रस्तुत गर्ने छ ।
आधार पत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रति व्यक्ति आय रु चार लाख पाँचहजार पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । यस लगानी मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ ।

सम्मेलनमा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, प्रतिनिधि सभाका यस प्रदेशका सांसदहरु, प्रदेश सभाका साँसदहरु सहभागी भएका छन् ।

शेयर गरौ

ताजा अपडेट