चितवन समाचार डटकम
चितवन, ६ वैशाख । ओसारपसारमा प्रतिबन्धित वन्य जन्तु बदेल माडीको जंगल क्षेत्रबाट एक महिनादेखि तस्करी हुन थालेपछि कडाइ गरिएको छ ।
संरक्षित वन्य जन्तुको ओसार पसारमा कानुनले निषेध गर्दा गर्दै बदेलको तस्करी बढेको सूचना आएपछि उच्च सतर्कता अपनाएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनु भयो । ‘एक महिना अगाडिबाट जिउदो तथा मारेर लुकाइ तस्कर हुने गरेको थाहा पायौ ’ उहाले भन्नु भयो ‘गोप्य सूचनाको आधारमा हामीले तस्करलाई नियन्त्रण गर्न सर्च अभियान चलाएका छौ ।’
माडीको बन क्षेत्रबाट बदेल जिउदै तथा मारेर सौराहाका होटलहरुमा लैजाने गरेको जानकारीमा आएको ढकालले भन्नु भयो । आवश्यक प्रमाण जुटाउने तयारीमा छौ ढकालले भन्नु भयो ‘माडीबाट सौराहाका विभिन्न होटलहरुमा बदेल ल्याउने गरेको जानकारी छ ।’ बदेल राखेको होटलको नाम नजिक पुगेका छौ, प्रमाण भेटिना साथ छापामारेर आवश्यक कार्बाही गर्ने छौ उहाले भन्नु भयो । ओसार पसार गर्ने सवारी साधनलाई पनि हामीले नियन्त्रणमा राख्नेछौ प्रमुख संरक्षण अधिकृत ढकालले भन्नु भयो ।
निकुञ्ज नजिकको वस्तीमा भने बदेल मारेको सूचना नआएको उहाँको भनाइ छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनमा चेकजाँच गरिएको छ । तस्करहरुले माडीबाट भरतपुर आउने सवारी साधनको डिकी, ट्रकमा पराल राखेर लुकाइ, अन्य स्थानमा लुकाएर ल्याउने गरेको प्रमुख ढकालले बताउनु भयो ।
माडीसहित मेघौली, कावासोती र बरण्डाभार क्षेत्रका सडक एवं राजमार्गमा पनि चेकजाँच गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (३)मा बँदेल मार्ने वा घाइते बनाई तस्करी गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने ढकालले बताउनुभयो ।
पछिल्लो समय बन्य जन्तु मध्य बदेल लगायतका केही जनावरको शिकार खेल्न पाउने भन्ने विषयमा नीति बनेको प्रमुख ढकालले बताउनु भयो । तर त्यो नीति कानुन बनेर कार्यान्वयनको अवस्थामा नआएको उहाँले बताउनु भयो । चितवन राष्ट्रि निकुञ्ज र यस आसपासमा अहिले बदेलको सख्या धेरै भएको अनुमान गरिएको छ । बदेल धेरै भएकै कारण निकुञ्ज नजिक बस्ने स्थानीयले लगाइको बाली नष्ट गर्ने गरेको छ ।


