आइपीएल क्रिकेटमा आज कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने

काठमाडौं, ६ वैशाख :

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा प्रतियोगिता अन्तर्गत शुक्रबार कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ ।

गएराति भएको खेलमा  मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई उसकै मैदानमा ४० रनले पराजित गरेको छ ।

फिरोज शाह कोटला मैदानमा मुम्बईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो ।

जितसँगै मुम्बई अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शेयर गरौ

ताजा अपडेट