सिफारिस पाँचै जना न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौं, ६ बैशाख । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका पाँच जना न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
प्रधानन्यायाधीशमा सिफारिस प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको बिहीबार सुनुवाइ भएको थियो ।
सुनुवाइ समितिले पाँचै जनाले सर्वसम्मत रूपमा अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । उहाहरूले अब सपथ लिएपछि कार्यभार सम्हाल्ने छन् ।

शेयर गरौ

ताजा अपडेट