चितवनमा विद्यार्थी भर्ना अभियान जारी , दिवा खाजा कटौती

हेमराज रिमाल

चितवन समाचारडटकम
भरतपुर, ५ बैशाख :

सरकारले बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान शुरु गरे सँगै चितवन जिल्लामा पनि विद्यार्थी भर्ना अभियान तिव्रताका साथ अघि बढेको छ । शिक्षा विकास तथा समन्वय इकाई चितवनले जिल्ला भरका स्थानिय तहसँग समन्वय गरि भर्ना अभियान चलाएको शिक्षा विकास तथा समन्वय इकाई चितवनका ईकाई प्रमुख भुमिलाल शर्मा सुवेदीले जानकारी दिनुभयो । “हाम्रो उद्देश्य भनेको सार्थक र यथार्तपरक ढंगले विद्यार्थी संख्या बढाउने हो ।” उहाँले भन्नुभयो,“ सबै स्थानिय तहका प्रमुखसँग बसेर छलफल समेत भयो ।” चितवन जिल्ला शौक्षिक हबको रुपमा विकास गर्ने शिक्षा विकास तथा समन्वय इकाई चितवन लक्ष्य रहेको छ ।

चितवनमा रहेका ७ वाटै स्थानिय तह अन्तर्गतमा सबै विद्यालयमा धमाधम भर्ना अभियान चलेको छ । इकाईले जिल्लाको विकट ठाँउ र पहाडी भेगहरुमा भर्ना अभियान तिव्र बनाएको हो ।

जस अन्तर्गत माडी नगरपालिका, राप्ती नगरपालिका र ईच्छाकामना गाँउपालिकामा बढि ध्यान केन्द्रित गरिएको छ । “माडीको बाँदर झुल्ला, राप्तीको लोथर र कोराक, कालिकाको सिद्धी र काउले, ईच्छाकामनाको उपरदाङगढी लगायतका ठाँउमा बढि फोकस गरिएको शिक्षा विकास तथा समन्वय इकाई चितवनका ईकाइ प्रमुख सुवेदीले बताउनुभयो ।

चितवन जिल्लामा गएको शौक्षिक सत्रमा ९९.५ प्रतिशत विद्यालय जाने विद्यार्थीलाई भर्ना गरिएको प्रमुख सुबेदीको दाबी रहेको छ । चितवन जिल्लामा पुर्व प्रधानमन्त्रि एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, पुर्व अर्थ मन्त्रि एवम् चितवन प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डे, प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल लगायतका विभिन्न विभिन्न राजनैतिक दलका नेताहरुबाट पनि भर्ना अभियानमा महत्वपुर्ण सहयोग मिलेको इकाईको भनाई रहेको छ ।

ईकाई प्रमुख सुवेदीका अनुसार राजनैतिक दलका नेताहरु, स्थानिय सरकारका प्रमुखहरु, वडाध्यक्षहरु, शिक्षाप्रेमि समाजसेवीहरुले अभिभावकत्वको भुमिका निभाउदा विद्यार्थीको संख्या बढेको छ । यो वर्ष सरकारले पुर्ण सारक्षरता वर्ष घोषणा गर्ने लक्ष्य राखेको छ ।

त्यसैविच यो शौक्षिक सत्रबाट चितवनका विद्यालयमा विद्यार्थीलाई दिईने दिवा खाजा स्थगित भएको छ ।

सरकारले वजेट नछुट्याएको कारण दिवा खाजा कटौती गर्न परेको इकाई प्रमुख सुवेदीले बताउनुभयो । तर विद्यार्थी संख्यामा कमि आउन नदिनको लागी समन्वयत्मक ढङ्गबाट किताब, छात्रवृत्ति वितरण लगायतका कार्य भने निरन्तर हुने बताउनुभयो ।

सरकारले बैशाख २ गतेबाट १६ गते सम्म  विद्यार्थी भर्ना अभियान देशभर चलाएको छ ।

शेयर गरौ

ताजा अपडेट