बिप्लवको बन्दले उठेन नारायणगढको फोहोर, सडक दुर्गन्धीत

चितवन समाचार डटकम,
५ बैशाख । भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढमा आज चोक चोकमा थुप्रिएको फोहोरले दुगन्ध फैलाएको छ ।
विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण फोहोर उठाउन आउने गाडी नचलाइएपछि मुख्य चोक चोकमा सडकमै फोहोर असरल्ल भएको छ । पुल्चोक, शहिद चोक र लायनसचोक नजिक सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएको छ । दुगन्र्धले स्थानीय बासिन्दा तथा बटुवाहरु नाकमुख छोपेर आवातजावात गरिरहेको देखिएको थियो ।
यता भरतपुर महानगरपालिकका वातावरण विभाग प्रमुख ईन्जिनियर बिराट घिमिरेले आज बिशेष परिस्थितिका कारण फोहोर नउठेको बताउनु भयो । भोली बिहानबाट नियमित गाडी गई फोहोर उठाउने घिमिरेले जानकारी दिनु भयो । भरतपुर महानगरपालिकाले दैनिक ६० टन भन्दा भन्दा बढी फोहोर उठाउने गरेको छ । फोहोरलाई नारायणगढको नगरवन नजिक लगेर फाल्ने गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट