चितवन समाचार डटकम
चितवन ४ बैशाख । जल तथा मौसम विभागले आज र भोलिसम्म मुलुकका विभिन्न भागमा मौसम बदली रहने जनाएको छ ।
विभागले जनाए अनुसार हिजो पश्चिम र पूर्वका केही स्थानमा मौसम बदली भएर केही स्थानमा असिना पानी परेको थियो । चट्याङ लागेर केही व्यक्ति घाइते समेत भए । चितवनमा हिजो साँझ हावाहुरीसंगै पानी परेपनि जिल्लामा क्षती नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मौसम विभागका अनुसार आज पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्येका केही स्थानमा मेघ गर्जन, चट्याङ पर्ने, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावाना रहेको छ ।
आज तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको समेत भन्दै विभागले विज्ञप्ति प्रकासित गरी सचेत गराएको छ । भोली दिउँसो र राति देशका विभिन्न क्षेत्रमा मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ ।


