१ बैशाख, सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
काठमाडाैँबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका ३१ जनामध्ये ४ जनाकाे अवस्था गम्भीर रहेको र उनिहरूलाइ थप उपचारका लागि विराटनगर लगिएको छ। सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।


