चितवन, बैशाख १ ।
नारायणगढ स्थीत नारायणी नदीमा डुवेर एकजना युवा वेपत्ता भएका छन् । नयाँ वर्षमा रुपन्देही वाट घुम्नआएका २१ बर्षिय कपील ज्ञवाली नारायणी नदीमा नुहाँउने क्रममा वेपत्ता भएका हुन् ।
सँगै नदीले बगाएका अर्का १ युवकलाई प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ । गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो ।


