देशबासीका नाममा प्रधानमन्त्रीको संबोधन, हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता

काठमाडौं, १ बैसाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट आज नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिंदैै उनले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताएका छन् । विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताएका छन् ।
२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तीब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताए । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा पनि गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको शुरुवातलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् । नेपाली इमान भएको जाति हो भन्दै उनले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पारे ।
विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान शुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।
अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि उनले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट