पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु

नवलपरासी, ३० चैत  :

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु भएको छ ।

बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडाँै हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२÷२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । (रासस)

शेयर गरौ

ताजा अपडेट