अनुमती बिना रौतहटमा निजि विद्यालय सञ्चालन, लिन थाले विद्यार्थी भर्ना

रौतहट २९ चैत्र । नयाँ शैक्षिक सत्रको शुरुवात सँगै अनुमती बिना सञ्चालन भएका बोडिङ स्कूलहरुले विद्यार्थी भर्ना गर्न थालेका छन् ।
दर्ता बिनाका अवैध रुपमा संचालनमा रहेका निजी विद्यालयहरुलाई नियमन गर्न नसक्दा विद्यार्थीको भविश्य अन्यौल हुने भएको छ । यस्ता विद्यालयले चर्को शुल्क अभिभावकसंग लिदै भर्ना अभियान चलाएको छ ।
गत वर्ष मात्रै खोलिएका एक दर्जन भन्दा बढी बोडिङ स्कूलले अनुमति नै नलिएका कक्षामा समेत विद्यार्थी भर्ना लिइरहेका छन । कक्षा दुईसम्मको मात्र अनुमति भए पनि ८ कक्षासम्म संचालन गरिरहेका छन । शिक्षा ऐन अनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एक को मात्रै अनुमति पाउने र त्यस पछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेको पाएमा एक तह थप गर्दै जाने प्रावधान रहेको छ । यसरी अनुमति नै नपाएका र १, २ कक्षा सम्मको मात्रै अनुमति पाएका विद्यालयले सो भन्दा माथिको कक्षामा विद्यार्थी भर्ना गरि रहेका छन ।
गौर नगरपालिका भित्र मात्रै एकदर्जन निजी स्कुलहरु अनुमती बिना नै संचालनमा छन । गत वर्ष पनि सूचना मात्रै प्रकाशित गरेको गौर नगरपालिकाले यस वर्ष पनि गैरकानूनी शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ विपरीत अवैध रुपमा सञ्चालनमा रहेका यस्ता विद्यालयहरुलाइ कारवाही गरिने गौर नगरपालिका मेयर अजय गुप्ताले बताउनु भयो ।
जिल्लामा संचालनमा रहेका त्यस्ता विद्यालयहरुलाइ नियमन गर्न र कार्वाही गर्न सम्वन्धित निकायलाइ अभिभावकहरुले आग्रह गरेका छन ।

शेयर गरौ

ताजा अपडेट