प्रदेश सरकारले दिने विदामा सबै कार्यालय बन्द हुने

काठमाण्डौ २९ चैत । प्रदेश सरकारले दिने सार्वजनिक बिदामा अबदेखि प्रदेशभित्र रहेका सबै कार्यालय बन्द हुने भएका छन् ।
मन्त्रिपरिषद बैठकले प्रदेशभित्र केन्द्र सरकार मातहत रहेका कार्यालय पनि प्रदेशले दिने बिदामा बन्द हुने निर्णय गरेको हो ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं उपत्यकाको हकमा भने प्रदेशले बिदा दिएका दिन गृहमन्त्रालयले गर्ने निर्णयअनुसार बिदा हुने नहुने बताउनु भयो । यसअघि प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले मानेका थिएनन् ।

शेयर गरौ

ताजा अपडेट