आउदो दश वर्षमा नेपालले विकासको धेरै रेकर्ड कायम गर्छ ः अध्यक्ष प्रचण्ड

चितवन समाचार डटकम
चितवन २८ चैत । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउदो दश वर्षमा विकासको धेरै नयाँ रेकर्ड नेपालले राख्ने बताउनु भएको छ ।
भरतपुरको लंकुमा निर्माण भएको जेम्स फनपार्कको आज उद्घाटन गर्दै उहाले नेपालको मध्य मागमा रहेका चितवन जिल्लाले विकासका रेकड कायम राख्न थालेको बताउनु भयो । ‘नेपालले धेरै रेकड राख्दैछ, त्यसको उदाहरण चितवन हो, निजि क्षेत्रबाट करोडौ लगानी गरेर निर्माण भएको फनपार्क एउटा रेकर्डड हो ।’ जिल्लाको आर्थिक विकासमा फनपार्कले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिनु भयो ।
निजि क्षेत्रबाट हुने यस्ता आर्थिक विकासका कामले नयाँ युवाहरुलाई उत्साह पैदा गरेको उहाको भनाइ छ । विदेशमा भन्दा यही वसेर काम गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।
विकास र समृद्धिलाई अगाडि लैजाने विषयमा पार्टीले महत्वपूर्ण काम गरेको छ उहाले भन्नु भयो देश विकासमा प्रतिपक्षलाई पनि संगसंगै लैजानको लागि हाम्रो प्रयास जारी छ । काँग्रेसले पनि सकारको राम्रो कामलाई साथ दिएर जानु पर्दछ । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रतिपक्षको साथ लिएर सरकार हिडेमा मात्र काम गर्न सहज हुने बताउनु भयो । देशको विकासमा काँग्रेसको ठुलो वलिदान रहेको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट