चितवन समाचार डटकम,
चितवन २७ चैत । विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भरतपुर अस्पताल र स्कूल अफ हेल्थ साइन्सको जग्गा विवाद अन्त्य गर्न दुवै पक्षसंगै राखेर मात्र समाधान गर्न सकिने बताउनु भएको छ ।
स्कुल अफ हेल्थ साइन्स भरतपुरमा बुधबार साँझ स्थलगत निरीक्षणपछि उहाले यस्तो बताउनु भएको हो । जग्गाको विषयमा भरतपुर अस्पतालको पक्षबाट धेरै कुरा सुनेको थिए मन्त्री पोखरेलले भन्नु भयो ‘यहाँ आएपछि वास्तिविक अवस्था थाहा पाए अब दुवै निकायलाई संगै राखेर छलफल गरेपछि मात्र समाधान गर्नु पर्दछ ।’
प्राविधिक विषय अध्ययन गर्ने सिटिइभिटीको आंगिक स्कुल अफ हेल्थ साइन्सको गरिमा अलगै छ उहाले भन्नु भयो ‘यसलाई जोगाउनु पर्दछ, अस्पतालको पनि आवश्यकता छ यो पनि चाहिन्छ ।’ दुवै निकाय चितवनको लागि आवश्यक भएकाले जग्गा विवाद समाधान गरेर सस्था जोगाउनु पर्ने बताउनु भयो । जग्गा विवाद छिट्टै समाधान गर्न आफूले पहल गर्ने जानकारी दिनु भयो । शिक्षा र स्वास्थ्यमा चितवन जिल्लाले धेरै फड्को मारेकाले यहाँको आवश्यकतालाई मन्त्रालयले महसुस गरेको बताउनु भयो ।
मन्त्री पोखरेलले स्कुल अफ हेल्थ साइन्सको विज्ञान र स्वास्थ्य विषयका विषयगत ल्याब, पुस्तकालय, कम्प्युटर ल्याब, प्रशासनिक शाखा सबैको निरिक्षण गर्नु भएको थियो । स्कुल अफ हेल्थ साइन्सको विगत र वर्तमान, अहिले सञ्चालन भइराखेका शैक्षिक कार्यक्रमको विषयमा प्रमुख रमनकुमार मेहताले जानकारी गराउनु भएको थियो । स्कुल अफ हेल्स साइन्सको आउदा कार्यक्रम र भविश्यमा आवश्यक पर्ने विषयको बारेमा प्रमुख मेहतलाई मन्त्री पोखरेललाई जानकारी गराउनु भयो ।
मन्त्रीको निरीक्षणका क्रममा सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्ले, क्षेत्रीय कार्यालयका प्रमुख, प्राविधिक शिक्षालयका विषयत प्रमुखहरुको सहभागीता रहेको थियो । मन्त्री पोखरेलले नारायणी पोलिटेक्निक इन्ष्टिच्युटको पनि साँझनै अवलोकन गर्नु भएको थियो ।
(साँझ स्थलगत अवलोकनको फोटो फिचर)







