मध्यतराईमा फेरी हावाहुरी सहित असिनापानी, एकजनाको मृत्यु

रौतहट, २६ चैत ।
हावाहुरीले २७ जनाको ज्यान लिने गरी बितण्डा मच्चाएको दुई सातामै आज (मंगलबार) फेरि तराईमा हावाहुरी र असिनाले बबण्डर मच्चाएको छ । मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट हावाहुरीले रौतहटमा एक जनाको मृत्यु भएको छ ।

हावाहुरीबाट रौतहट देवाही गोनाही नगरपालिका–३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको हो । हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारजनले जनाएका छन् ।
यस्तै घरको छाना खस्दा रमौलीमा ६३ बर्षका तिलक सहनी घाइते भएकाा छन् । उनको गरुडामा उपचार भइरहेको छ ।
आधा घण्टासम्म असिनासहित आएको हावाहुरीले सिमरा उपमहानगरपालिकामा सबैभन्दा बढी प्रभाव पारेको स्थानीयले जानकारी दिएका छन् । हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ । वृन्दावन नगरपालिकाको खैरा र रमौली वैरियामा पनि हावाहुरीले क्षति पुर्‍याएको छ ।
करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् ।

देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतको लागि निकै क्षति पुर्‍याएको छ ।

हावाहुरीको अत्याधिक वेगका कारण गौर भन्सार कार्यालयको फलामको वैरियर समेत भाँची दिएको छ । जिल्लाको विभिन्न स्थानहरुमा फल लागेका आँप र लिचीलाई निकै क्षति पु¥याएको छ भने इटाभटामा तयार पारिएको करोडौंको काँचो इटा नष्ट भएको बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट