चितवन समाचार डटकम
चितवन २५ चैत । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि गएका दुइजना गैडाको आक्रमणबाट घाइते भएका छन् ।
पैदल मार्गबाट घुम्न हिडेका चारजना मध्य दुइजना माथि गैडाले आक्रमण गरेको थियो । आक्रमणबाट एक जना अष्ट्रेलिन नागरिक र उनीहरुलाई घुमाउन लगेका गाइड नेपाली नागरिक घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनु भयो ।
जंगल वाकका लागि विहान गएका उनीहरुलाई गैडाले हानेको थियो । आक्रमणपछि दुइजना भाग्न सफल भएका छन् । आत्रमणबाट अष्ट्रेलियन नागरिकको करङमा चोट लागेको छ । नेपाली गाइडको भने खुट्टा भाचिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनु भयो । घाइतेलाई आजै उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको निकुञ्जले जनाएको छ । घाइतेहरुको परिचय खुल्न सकेको छैन ।


