चितवन समाचार डटकम
चितवन २१ चैत । नेकपाका सचिवालय सदस्य तथा पूर्व गृहमन्त्री वामदेव गौतमले पार्टीले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै चरम असन्तुष्टी व्यक्त गर्नु भएको छ ।
पूर्वी चितवनको भण्डारामा आज भएको लोकप्रिय नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्वोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो । उहाले भन्नु भयो ‘ म पार्टी भित्र वेरोजगार भएको छु, मलाई कुनै काम दिइएको छैन ।’ दुइ पार्टी एकीकरण भएको एक वर्ष वित्यो तर जिम्मेवारी पाएको छैन यो के हो उहाले भन्नु भयो । पार्टीको लागि काम गर्ने म अहिले जिम्मेवार विहनीन छु यसको विषयमा कसले सोच्ने ?
उहाले भन्नु भयो ‘ पार्टीमा स्मार्टनेस भित्राइएको छ यसले पार्टी विग्रन्छ ।’ आज पार्टी सदस्य भोली कुनै पद पर्सी ठुलै अवसर यो स्मार्टनेस पार्टीमा चल्दैन विकासमा मात्रै चल्छ गौतमले भन्नु भयो । पार्टी निर्माणमा ठुलै भूमिका निभाएका व्यक्तिको यो अवस्था छ अरु नेता कार्यकर्ताको के होला उहाले भन्नु भयो ‘पार्टीगत जिम्मेवारी नदिदा त्यसले दीर्घकालिन असर गर्दछ । ’
लोकप्रिय नेता जेपी भेटवालको सम्झना गर्दै उहाले भन्नु भयो पार्टी र जनता भनेपछि ज्याद दिने भेटवाललाई सधैभरी सम्झने बताउनु भयो । उहाको स्वभाव र जनताप्रति उत्तरदायी हुने वानीको अरुले अनुसरण गर्नु पर्ने बताउनु भयो । नेपालका नेताहरुमा भेटवालको जस्तो वानी भएका भेट्टाउन ज्यादै मुस्किल भएको बताउनु भयो ।


