चितवन समाचार डटकम,
चितवन १८ चैत । वारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले निधन भएकामध्ये २५जनाको सनाखत भएको छ ।
प्रहरीले अहिलेसम्म २७ जनाको निधन भएको विवरण प्राप्त भएकोमा २५ जनाको पहिचान खुलेको जानकारी दिएको छ । वारा र पर्साका प्रहरी अधिकारीले मर्नेको सख्या ३१ जना पुगेको जानकारी दिएको छ । सनाखत भएकाको सख्या २५ जना रहेका छन् । घटनामा घाइते भएकाहरु पाँच सय भन्दा धेरै रहेको भनिएको छ ।
उनीहरुको स्थानीय स्वास्थ्य सस्था, विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ ।

गम्भीर घाइते ६ जनालाई भने आज बिहान नेपाली सेनाको साधनमा काठमाण्डौ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइराखेको छ । घाइतेहरुको विरगञ्जका नेश्नल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर, गण्डक अस्प्ताललगायतमा उपचार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बारामा हावाहुरी तथा असिना पानीले घर भत्काएको छ भने इट्टा उद्योगको चिम्नी भत्किदा त्यहाँ काम गर्ने मजदुरहरुको मृत्यु भएको थियो । घटनामा मृत्यु भएकाहरुको खोजी कार्य जारी राखेको छ । घटनामा घाइते भएकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ भने स्थानीय युवा तथा समाजिक अगुवाहरुले काम गरिराखेका छन् ।
घाइतेहरुको उपचार भएका अस्पतालको नाम र मृत्यु भएकाहरुको नामावलीहरु




