बारा पर्सामा हावाहुरी को बितण्डा, ३१ को मृत्यु सयौ घाइते

चितवन समाचार डटकम,

 

१८ चितवन । हिजो साझ आयको हावाहुरिको कारण तराइको वारा र पर्सा जिल्लामा गरि ३१ जनाको मृत्यु भयको छ ।

प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बारा र पर्साको ग्रामीण बस्तिमा भुमरी परेजस्तै गरि हावाहुरी आयको थियो । बिहानको पछिल्लो जानकारी अनुसार बारामा २७ जनाको मृत्यु भयको छ । त्यसै गरि पर्सामा ४ जनाको ज्यान गयको छ । हावाहुरिको कारण अझ मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनायको छ ।

बाराक स्थानिय सन्चारकर्मी प्रकाश लम्सालका अनुसार हावाहुरीले रोकिराखके ट्रक पल्टायको छ । पथलैया सिमरा क्षेत्र मा समेत क्षति पुर्यायको छ । हिजो साझको हावाहुरीको कारण ५ सय भन्दा धेरै घाइते भयका छन । उनिहरुको विरगन्ज का विभिन्न अस्पतालमा उपचार भइरहेकै छ । घाइते धेरै भयको कारण रगतको अभाव भयको छ । पीडितहरुलाइ राहत दिन विभिन्न सामाजिक सङ सस्था खटियको स्थानिय सुनिल खनालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट