भरतपुर एक्स्पो सेन्टरलाई १६ करोड ४६ लाख रकम अपुग, प्रदेश सरकारसङ्ग अनुदान माग

चितवन समाचारडटकम, १२ चैत ।
भरतपुरमा रहेको औधोगीक प्रदर्शनी केन्द्र ( एक्स्पो सेन्टर ) लाई निर्माण सम्पन्न गर्न १६ करोड ७६ लाख रकम अपुग भएको छ । रकम अपुग भएको भन्दै उद्योग संघ चितवनको टोलीले तीन नम्वर प्रदेश सरकार संग अनुदान रकम माग गरेको छ ।
संघका अध्यक्ष भेषराज दुवाडीको नेतृत्वमा आज हेटौंडा गएको टोलीले मुख्य मन्त्री डोरमणी पौडेल सहित मन्त्रीहरुसंग भेट गरी रकम अभाव भएकाले अनुदान माग गरेको हो ।
नेपाल सरकारको १५ करोड , उद्योग संघ र परिसंघको १० करोडको अनुदान रकम अहिले सम्मको निर्माणमा खर्च भएको संघका अध्यक्ष दवाडीले बताउनुभयो । कुल ४१ करोड ४६ लाखको लागतमा ०७४ साल जेठ अन्तिम सातावाट प्रदर्शनी केन्द्र निर्माण थालिएको थियो । कतिपय खरिद गरिएका सामाग्रीहरुको बक्यौता रकम तिर्न नसकिएको अध्यक्ष दवाडीले बताउनुभयो । “प्रदर्शनी केन्द्रमा जोडीएको करिव चारसयटनको एसी, जेनेरेटर, ट्रान्स फर्मा र फायर फाईटिङको ७ करोड रुपैयाँको कोटेशन प्राप्त भएको छ, रकम भुक्तान गर्न नै समस्या प¥यो यसैकारण अनुदानको माग गर्न प्रदेश सरकार पुग्यौं ।” चितवन समाचारडटकम संग कुराकानी गर्दै दवाडीले भन्नुभयो ।
आर्थिक बर्षको मध्वावधि समेत सकिएको भएपनि अन्य शिर्षकका रकमवाट भएपनि रकमान्तर गरेर सहयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । हाललाई ७ करोड सम्मको रकम प्रदेश सरकारवाट अपेक्ष्ााँ गरिएको, ५ करोड केन्द्र सरकारवाट थप अनुदान माग गरी अरु खर्च उद्योग संघवाटै ब्यवस्थापन गर्न आफुहरुले प्रस्ताव गरेको अध्यक्ष दुवाडीले बताउनुभयो ।
प्रर्दशनी केन्द्रमा २० हजार बर्गफिटका तीनवटा ठुला हल निर्माण गरिएको छ । हलभित्रको प्राविधिक ब्यवस्थापन पनि सकिएको र अव वाहिर बगैंचा, भित्री सडक बनाउन वाँकी रहेको उद्योग संघ चितवनका अध्यक्ष दवाडीले जानकारी दिनुभयो । अहिले सम्म तीनवटा अन्तराष्ट्रिय, अरु आधादर्जन वटा राष्ट्रिय र स्थानीय तहका प्रदर्शनी भएका छन् । सरकारको २ विगाह ७ कठ्ठा जमिन २९ बर्षको लागी वार्षिक ३ लाख भाडा वुझाउने गरी लिइएको छ ।

यसैबिच प्रदेश नं. ३ का मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री माननीय डोरमणी पौडेलले प्रदेश नं. ३ अन्तर्गत चितवनमा बन्दै गरेको चितवन प्रदर्शनी केन्द्र औद्योगिक व्यवासय प्रवर्धनका हिसाबले निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उक्त प्रदर्शनी केन्द्र प्रदेश नं. ३ को मात्र नभई राष्ट्रकै गौरवको रुपमा परिचित भएकाले यसको प्रवर्धनमा हरेक क्षेत्रको महत्वपूर्ण सहयोग र योगदान रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

चितवन उद्योग संघको टोलीले मुख्यमन्त्री डोरमणी पौडेलसँग प्रदर्शनी केन्द्रको निर्माणको बारेमा छलफल एवं भेटघाट गरेको थियो । उक्त छलफल एवं भेटघाटमा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटा, मुख्यमन्त्री कार्यालयका राजनीतिक सल्लाहकार जे.एन.थपलिया, नेपाल उद्योग परिसंघ क्षेत्र नं. ३ का संयोजक ऋषिराम घिमिरे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, गभर्निङ काउन्सिलका संयोजक ताराप्रसाद पौडेल, सह–संयोजक हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, कार्य समिति सदस्यहरु मदन चिरञ्जीवि पोखरेल, दुर्गाप्रसाद भण्डारी, राशी लामा, युगराज वस्ती, हरिप्रसाद भट्टलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै चितवन उद्योग संघको टोलीले प्रदेश सरकार, प्रदेश नं. ३ आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री केशवप्रसाद ढुङ्गेल, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री अरुणप्रसाद नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री दावा दोर्जे लामासँग छुट्टाछुट्टै भेटघाट एवं छलफल गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट