‘होली वाइन’ सुन्नासाथ कड्किए माधव नेपाल

चितवन समाचारडटकम,
१२ चैत । केही समय अघि काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा होली वाईन को खुव चर्चा भयो । यसै  सन्दर्भमा जोडिएर पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल पनि आलोचित भए ।
नेता नेपाललाई यो कुराले असाध्यै पिरोलेको रहेछ । भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा पनि नेता नेपालले होली वाईन बारेको प्रश्नको सामाना गरे । प्रश्न पूरा हुन नपाउदै उनी कड्किए, ‘माधव नेपालले वाईन खाने कुराको कल्पना समेत नगर्नुहोस, म छुदानी छुन्न ।’
०५२ सालमा पार्टी भित्र मदिरा निषेध गर्न आफुले अभियाननै चलाएको सम्झिदै भने , ‘मैले उहीँ बेला पार्टी भित्र नेता कार्यकर्ता सवैलाई मदिरा सेवन नगर्न खवरदारि गरेको थिए । धेरै खानेलाई घ्याम्पे, थोरै पिउनेलाई चुस्के आदि भनेर सम्झाउने र गाली गर्ने काम मैले गरे ।’
राजनीतिकर्मीले सवैधर्मलाई सम्मान गर्नुपर्ने बताउदै नेपालले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे ।’ व्यक्तिको स्वतन्त्रता हो धर्म छनौट गर्ने तर, कसैले जवरजस्ति गराउछ भने दण्डको भागिदार हुनुपर्छ नेपालले भने ।
फरक प्रसङ्गगमा पुर्व प्रधानमन्त्री नेपालले विप्लव समुहलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए ।
मन्त्रीमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले कामको मुल्यांकन गरि फेरवदल गर्नु उपयुक्त हुने धारणा राखे ।

ताजा अपडेट