सरकार र पार्टी चलाउदा कमिटीमा छलफल नभएको नेता नेपालकाे आरोप

चितवन समाचार डटकम,११ चैत ।

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार र पार्टी सञ्चालनमा कमिटीमा सरसल्लाह हुननसकेकाे भन्दै  असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

भरतपुरमा आज पत्रकारहरुसङ्ग कुराकानी गर्दै नेता नेपालले दुई अध्यक्षले मात्रै सरसल्लाह गरेर नभई कमिटीमा छलफल भएर अघि बढ्नुपर्ने बताउनुभयाे ।

विप्लवमाथिकाे प्रतिवन्ध लगाउने निर्णय हुन पहिले पार्टीमा छलफल नभएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे ।” प्रतिवन्धकाे निर्णय मैले पत्रिकामा हेरेर थाहा पाए, यस्तो हुनु राम्रो हाेईन । म पनि पार्टीको  शिर्ष नेतृत्व समुहकाे सदस्य हाे नि “-नेता नेपालले भन्नुभयो ।

प्रतिवन्ध ठिक कि वेठिक भन्ने प्रश्नको जवाफमा भने नेता नेपालले  अपराधीक गतिविधि गर्ने जाेकाेहि प्रति राज्य निरीह बन्न नसक्ने जिकिर गर्नुभयाे ।

मन्त्रीमण्डल फेरवदल गर्ने बिषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफूसङ्ग छलफल नगरेकाे र यसवारे अहिल्यै केही टिप्पणी नरहेको नेपालले बताउनुभयाे ।

सरकारकाे कामकारबाहीले अब गति लिने उहाँले बताउनुभयो ।

पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनकाे एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुंगो लगाईने बताउनुभयाे ।

“यसका लागि मापदण्ड बनाएर जानुपर्छ, पुर्व दुईवटा पार्टीका कमिटी मर्ज गरेर जानुपर्दछ ।” उहाँले भन्नुभयाे ।

भरतपुरमा एक धार्मिक समारोहमा सहभागी हुन नेता नेपाल यहाँ आउनु भएको हाे । आध्य जगतगुरु विभुषित महायाेगी सिद्धबाबा १००८ डाक्टर श्री वैश्णव कृष्णदास महाराजलाई नागरिक अभिनन्दन कार्यक्रममा नेकपा बरिष्ठ नेता नेपाल प्रमुख अतिथि हुनुहुन्छ ।

 

 

शेयर गरौ

ताजा अपडेट