चितवनमा एक हजार ७० जनालाई क्षयरोग, ५९ वटा स्वास्थ्यसंस्थावाट औषधि वितरण

चितवन समाचारडटकम, १० चैत ।

चितवन जिल्लामा हाल एक हजार ७० जना क्षयरोगका बिरामी रहेको जिल्ला जनस्वाास्थ्य कार्यालय चितवनले जनाएको छ ।

बिगत केही वर्ष यता क्षयरोगका बिरामीको संख्या जिल्लामा बर्षेनी स्थिर देखीएको जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले चितवनसमाचार डटकमलाई जानकारी दिनुभयो ।

रोग नियन्त्रण अभियानले प्रभावकारीता पाएकाले संख्यामा उल्लेख्य थपघट नभएको दुवाडीले बताउनुभयो । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा पाँच सय ५० जनालाई क्षयरोग छ । क्षयरोगका बिरामीलाई सरकारले निशुल्क औषधि वितरण गर्दैआएको छ । बिरामीले स्वास्थ्यकर्मीकै निगरानीमा स्वास्थ्य संस्थामा पुगेर औषधि खानुपर्ने हुन्छ । चितवनमा क्षयरोगका बिरामीलाई अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र गरी ५९ स्थानवाट औषधि बितरण गर्ने गरिएको अधिकृत दुवाडीले जानकारी दिनुभयो । यी स्थानमध्ये २२ वटा स्वास्थ्यसंस्थामा क्षयरोग लागेको वा नलागेको परिक्षण गर्ने समेत ब्यबस्था छ ।

बिरामी मध्ये करिव २ प्रतिशतले जिल्लाका स्वास्थ्यसंस्थावाट औषधि नलिएको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । उनीहरुले स्थानान्तरण भएर गएको हुन सक्ने अनुमान छ ।
क्षयरोग नियन्त्रणका लागी जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा स्वास्थ्यकर्मी, स्वयमसेविका खटाएर चेतनामुलक प्रचारअभियान चलाइएको दुवाडीले बताउनुभयो । क्षयरोग नियन्त्रण अभियानका लागी यस अघिको आर्थिक बर्षमा कार्यालयलाई ३० लाख रुपैँया बजेट आएको भएपनि यस बर्षवाट त्यो रकम सोझै स्थानीय तहमा गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तह संग मिलेर आफुहरुले अभियान चलाएको जनस्वास्थ्य अधिकृत दुवाडीले बताउनुभयो ।
धुम्रपान, मद्यपानको सेवन, पौष्टिक आहाराको कमी जस्ता कारणले क्षयरोग लाग्ने गर्दछ ।

ताजा अपडेट