एसईई परीक्षा आजबाट शुरु, सबै भन्दा धेरै विद्यार्थी चितवन मावि केन्द्रमा

चितवन समाचार डटकम
चितवन १० चैत । विद्यालय तहको महत्वपूर्ण एसईई परीक्षा आज विहान ८ बजे बाट शुरु भएको छ ।
चितवनको ४२ केन्द्रबाट एघार हजार दुइसय ५४ जनाले सहभागीता जनाउदै छन् । विद्यालय तहको महत्वपूर्ण परीक्षको रुपमा हेरिने यो तहलाई शान्त भय मुक्त वातावरणमा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ चितवनका निमित्त प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिनु भयो ।
‘एसइई परीक्षाको तयारी पूरा भएको छ’ उहाले भन्नु भयो ‘डर त्रास नमानी परीक्षा दिन सबै छात्रछात्रालाई अनुरोध गर्दछु ।’ जिल्लाको ४२ वटै केन्द्रमा प्रश्नपत्र पुगेको छ । आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको कार्यालयले जानकारी दिएको छ । केन्द्राध्यक्षसहित अन्य कर्मचारी खटाइएको परीक्षा शान्त वातावरणमा सञ्चालन हुने इकाइका प्रमुख सिंखडाले भन्नु भयो ।
साधारण नियमित तर्फ जिल्लामा ११ हजार ७ जना रहेका छन् । प्राविधिक धार तर्फ एकसय ५२ जना, नयाँ ग्रेड वृद्धि ५४ जना, पुरानो ग्रेड वृद्धि ४१ जना रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका ५२ जनाले भने यस वर्षको एसईइ परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
४२ केन्द्र मध्य चितवन माविबाट जिल्लामा सबै भन्दा धेरै चारसय ३३ जनले परीक्षा दिदैछन् भने सबै भन्दा थोरै सर्वशान्ती मावि कुरिनटारमा एकसय ३१ जना सहभागी हुदैछन् ।

ताजा अपडेट