सरोज सुमन
चितवन ९ चैत । नेपाली साहित्यमा आख्यानको विषयमा नेपालका चर्चित साहित्यकारहरुले एकै थलोमा बसेर बहस गरे ।
चितवनको सौराहामा आयोजना भएको कविडाँडा आख्यान विमर्श विषयक कार्यक्रममा चर्चित साहत्यिकारले मसिनो गरी नेपाली साहित्यमा आख्यानको महत्व र यसले पारेको प्रभावका विषयमा समिक्षा गरेका थिए ।कार्यपत्र प्रस्तुत गर्दै महेश पौड्यालले नेपाली आख्यान हल्ला गरेजस्तो अन्तरास्ट्रियकरण हुन नसेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘हामीले नेपाली साहित्यले धेरै फड्को मारेका छौ, अन्तरराष्ट्रियकरण भएको छ भनेर मानेका छौ तर त्यस्तो छैन ।’ नेपाली साहित्यलाई अन्तरराष्ट्रियकरण गर्नको लागि हाम्रो मेहनत र प्रयास अझै धेरै हुनु पर्नेमा जोड दिनु भयो ।
अर्का साहित्यकार रामजी तिमल्सेनाले पछिल्ला नेपाली उपन्यासले परिचित गराउन नसकेको बताउनु भयो । ‘नेपाली साहित्यमा धेरै रचनाहरु प्रकाशित भएका छन् तर त्यसले चर्चा पाउन सकेको छैन’ उहाले भन्नु भयो ‘अब आउने उपन्यासहरुका लेखकहरुले यस विषयमा ध्यान दिनु जरुरी छ । ’ अर्को कार्यपत्र प्रस्तुत गर्दै डा पुष्करराज भट्टले नेपाली लघुकथाले राम्रो प्रगती गरेको उहाँको भनाइ थियो । कथामा प्रगती भएको अझ यसलाई प्रभावकारी बनाउनु पर्दछ । कथाको विकासको विषयमा डा रजनी ढकालले जोड दिनु भयो ।
समिक्षा गर्दै सयौ साहित्यकारहरुले लेखनमा पुरूषवादी समाजको विषय आएकाले यसबारेमा सवैको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।सौराहाको होटल जंगल सफारी लजमा एकदिने कविडाँडा राष्ट्रिय आख्यान विमर्श कार्यक्रम विभिन्न चरणका कार्यक्रमहरू गर्दै सम्पन्न भएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कूलपति डा गंगाप्रसाद उप्रेती, समालोचना विभाग प्रमुख प्रा डा गोपीन्द्र पौडेल र प्रतिष्ठानकी आख्यान विभाग प्रमुख माया ठकुरीको विशेष उपस्थिति रहेको थियो ।
कविडाँडा साहित्य समाज र प्रज्ञा प्रतिष्ठानले आख्यान पुरूष ध्रुवचन्द्र गौतम, सनत रेग्मी तथा पद्मावती सिंहलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा साहित्यकारहरू अमर न्यौपाने, नारायण वाग्ले, नयनराज पाण्डे, नारायण ढकाल, महेश पौड्याल, ध्रुवचन्द्र गौतम, महेश कार्की क्षितिज, भूपिन खड्का, ईश्वर कँडेल, उदय अधिकारी, सनत रेग्मी, डा वनमाली निराका, रेनुका सोलु, सुमन घिमिरे, डा अर्चना थापा, कमल अर्याल, लेखरम सापकोटा, विजय विश्वकर्मा, वालकृष्ण थपलिय, गणेश श्रवण, शान्ती शर्मा, सरला जोशीलगायतले नेपाली साहित्यको बारेमा आफ्ने धारणा राख्नु भएको थियो ।
देशभरीबाट एकसय ५० जना राष्ट्रियस्तर तथा स्थानीयस्तरका साहित्यकारको जमघट भएको थियो । कार्यक्रम कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।