ध्रुबराज खनाल
रत्ननगर, चैत ९ गते ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोईरालाले सरकार संघीयता असफल वनाउने खेलमा उद्धत रहेको आरोप लगाएका छन् ।
चितवनको रत्ननगरमा नेपाली काग्रेश रत्ननगर नगर समितिले शनिवार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य कोईरालाले सवै क्षेत्रमा हस्तक्षेप गर्दै संघीयतालाई कमजोर वनाउन लागेको वताएका हुन् ।
न्यायपालिकादेखी प्रदेश सरकारलाई अधिकार सम्पन्न वनाउनु पर्नेमा वर्तमान सरकारले हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेको उनको भनाई थियो । जनवादी केन्द्रियतामा विश्वास गर्ने कम्युनिष्ट पार्टीले संघीयता मान्दैन भन्ने उदाहरण पछिल्लो गतिविधीले प्रष्ट देखिएको नेता कोईरालाले वताए । प्रदेशको पावर घटाउने,प्रमुख जिल्ला अधिकारीलाई पावर दिनु,सेनालाई आफ्नो मातहतमा राख्न खोज्नु संघीयतालाई असफल वनाउने खेल भएको उनले वताए ।
सरकार र न्यापालिकाको मिलेमतोमा देशलाई विखण्डन गर्छु भन्नेलाई जेलबाट छुटाएर विभिन्न सम्झौता गरेको उनले आरोप लगाए । फरक प्रसंगमा नेता कोईरालाले काग्रेश सभापति प्रति इंगित गर्दै गिरोहले नेतृत्व गर्दा पार्टी कमजोर भएको भन्दै नेतृत्वको चर्को आलोचना गरे ।
पार्टीमा गुट उपगुट रहेको स्वीकार गर्दै नेता कोईरालाले पार्टी सभापति शेरवहादुर देउवा अलोकतान्त्रिक हिसावले अघि वढेको वताए ।
नेपाली काग्रेश रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ,पुर्व मन्त्रीहरु शेषनाथ अधिकारी,सावित्री वोगटी,क्षेत्रीय सभापति कुमार कार्कीले पार्टीमा गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का वनाई आगामी निर्वाचनमा वहुमत ल्याउने गरी तल्लो तह सम्म पुग्नु पर्नेमा जोड दिए । सो अवसरमा काग्रेस महासमिति सदस्य देवराज चालिसेले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
