मनकामनाका मगर पुजारीको चिन्ता‘भावी पुस्ताले पुजा गर्ला की नगर्ला ?’

तीर्थ नेपाल ,
चितवन समाचार डटकम, ८ चैत ।


गोरखाको मनकामना मन्दिरमा पुजारी मगर समुदायबाट हुने गर्दछन् । हाल ईन्शानवावु थापामगर पुजारी छन् ।
१७औं शताब्दीमा स्थापना भएको मानिने मनकामना मन्दिरमा लखन थापामगरलाई पहिलो पुजारीका रुपमा तत्कालिन गोरखाका राजाले नियुक्ती गरेका थिए । हालका पुजारी ईन्शानबाबुले आफु लखन थापाको २१ औं पुस्ता भएको बताए ।

पुजारीका जेठा छोरा बंशाणुगतरुपमै मनकामनामा पुजारी हुने गरेका छन् । ईन्शानबाबु २०४० साल भाद्र २ गते मनकामना मन्दिरको पुजारीमा नियुक्ती भएका हुन् । ५९ बर्षिय हालका पुजारी ईन्शानबाबुले २०२६ सालदेखीनै पुजा गरेको बताए । तर, यिनका काकाले आफु मुल पुजारी हुन पाउँ भनि अदालतमा मुद्धा दिएपछि नियुक्त हुन ढिलाई भएको उनले बताए । पुजारी ईन्शानबाबुका अनुसार २०३९ सालमा सर्वोच्च अदालतले जेठो छोरानै पुजारी हुन मिल्ने फैसला सुनाएपछि आफ्नो नियुक्तीको बाटो खुलेको हो ।
हालका पुजारीका जेठा छोरा निशानबाबु कानुन पढेका छन् । पुजारी ईन्शानका अनुसार छोरा निशानले कानुनमा पढाई सके । अहिले उनलाई आफुले पुजापाठ सिकाईरहेको ईन्शानबाबुले बताए । ‘अवको पुस्ताले पुजापाठ धान्ला कि नधान्ला भनेर चिन्ता लाग्छ, जमाना कँहा पुगीसक्यो ’ कुराकानीका क्रममा पुजारी ईन्शानबाबुले भने ।

अरु ५ जना मगर समुदायकै ब्यक्तिहरुलाई अहिले सहायक पुजारीका रुपमा ईन्शानबाबुले नियुक्त गरेका छन् । दैनिक २० हजार सम्म भक्तजन आउने गरेका छन् । भक्तजनले मन्दिरमा चढाएको भेटी परम्रागतरुपमा सबै मुल पुजारीले राख्ने गरेका छन् । नियुक्त गरिएका अरु पुजारीहरु र मन्दिरमा चाहिने पुजा सामाग्री, बेलाबखत मन्दिरकै तर्फवाट हुने वोका, कुखुरा, हाँस अदिको प्रवन्ध आफैले गर्ने गरेको पुजारी ईन्शानबाबुले भने ।

पुजारी ईन्शानवावुका अनुसार गोरखाका राजा रामशाहको निधन पछि स्थापना हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दुध र रगत बग्न थालेछ । संस्थापक पुजारी लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाइ दिएको किंवदन्ती छ ।
२०७२ सालमा गएको भुकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनरनिर्माण गरिएको छ । करिव १८ करोडको लागतमा गरिएको पुनरनिर्माणपछि अहिले क्रमिकरुपमा भक्तजन बढ्न थालेका छन् ।

शेयर गरौ

ताजा अपडेट