चितवन समाचार डटकम
चितवन ६ चैत । रंगहरुको पर्व फागु पुर्णिमा (होली) आज पहाडी क्षेत्रमा हर्स र उल्लासमय तरिकाले मनाइएको छ ।
चितवनमा पनि आज पहाडी क्षेत्रमा मनाइने फागु पुर्णिमा (होली) मनाइएको छ । एक आपसमा खुसी साटासाट गरी रंग दलेर पर्व मनाएका छन् । साना बालबालिका, वयस्क सबैले यो पर्वलाई खुसी साथ मनाएका हुन् । आजकै दिन चितवनको विभिन्न स्थानमा सास्कृतिक कार्यक्रम गरेर यस पर्वलाई थप उल्लास बनाइएको छ । चितवनको नारायणी नदी किनार, नारायणी कलामन्दिर, पर्यटकीय क्षेत्र सौराहा, कालिका एफएमको अलगै कार्यक्रम, विभिन्न सञ्चार माध्यमले फागु पूर्णिमाको अवसरमा कार्यक्रम गरी मनाएको हो ।
चितवन जिल्लामा भएका विभिन्न कार्यक्रम र सर्वसाधारणले मनाएको फागु पुर्णिमाको फोटो फिचर