ईच्छाकामनामा सोलार लिफ्टिङ खानेपानी सञ्चालन

चितवन समाचार डटकम
६ चैत । चितवनको ईच्छाकमना गाउँपालिकाले पृथ्वी राजमार्ग अन्र्तगत लेवाटारमा त्रिशुली नदी किनारबाट सोलार लिफ्टिङ खानेपानी योजना सञ्चालन गरेपछि स्थानीय लाभान्वित भएका छन् ।
वडा नम्वर ४ मा पर्ने लेवाटारमा गाउँपालिकाको २७ लाख र स्थानीय श्रमदान गरि करिब ३५ लाखको लागतमा खानेपानी योजना सञ्चालन गरिएको अध्यक्ष गीता गुरुङले जानकारी दिनुभयो । त्रिशुली किनारमा मुलबाट आएको पानीलाई १५ हजार लिटर क्षमताको ट्याङकीमा जम्मा गरेर सोलारबाट मोटर चलाएर बस्तीमा पुु¥याईएको छ । सोलार लिफ्टिङ खानेपानीबाट झण्डै ३ सय घरधुरीका एकहजार ५ सय जना स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । राजमार्ग आसपासमा रहेका होटललाई पनि खानेपानी व्यवस्थापनमा सहज भएको स्थानीय भरत थापाले बताउनुभयो । उपभोक्तासंग मासिक न्युनतम एकसय रुपैयाँ लिने गरिएको छ । ईच्छाकामना गाउँपालिकाले वडा नम्बर ६ को ढुङगे र वडा नम्बर १ को ज्यानदालामा पनि यस्तै लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

ताजा अपडेट