आज फागु पूर्णिमा, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

चितवन, ६ चैत  :

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

यसैबिच सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हाने कानुन बमोजिम कडा कारवार्ही गरिने चितवन प्रहरी प्रमुख सुशील सिंह राठौरले बताउनुभयो । यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ ।

ताजा अपडेट