सवारी दुर्घटना भएपछि रत्ननगर तनावग्रस्त

चितवन, ४ चैत :

चितवनको भण्डाराबाट नारायणगढ तर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भए पछि आफन्तजनले नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।

टायर बालेर प्रर्दशन गरेकाले अहिले राजमार्ग अवरुद्ध रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरले बताएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापालाई निपनी चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान भएको होे ।

फोटो फिचर :

ताजा अपडेट