टिकौलीमा ट्याङकरको ठक्करवाट सौराहाका होटल व्यवसायी रेग्मी र रत्ननगरका कमर्चारी कुँवर घाईते

चितवन समााचारडटकम, ३ चैत ।
चितवन स्थित पूर्व पश्चिम राजमार्गको टिकौलीमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् ।
आज दिउसो १२ बजे हैटौंडावाट काठमाण्डौका लागि हिडेको ना ३ ख ९२५ नम्वरको ट्याङकरको ठक्करवाट वा १० च १७३० नम्वरका कारमा सवार सौराहाका होटल ब्यवसायी दामोदर रेग्मी र ना १४ प २४१ नम्वरको मोटरसाईकलमा सवार रत्ननगर नगरपालिकाका कर्मचारी शंकरवहादुर कुँवर घाईते भएका हुन् ।
दुवैजनाको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । रेग्मीको टाउकोमा चोट लागेको छ भने कुँवरको हातमा समस्या देखिएको छ । दुवैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रेग्मी कार आफै चलाएर टाँडी तर्फ जादैहुनुहन्थ्यो । ट्याङकरको ठक्करवाट रेग्मी सवार कारको अग्रभाग पुरै क्षति भएको छ ।
ठक्कर दिने ट्याङकर र चालकलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

ताजा अपडेट