यस वर्षदेखि एसइइको परीक्षामा हरेक प्रदेश फरक प्रश्न, चार लाख ७५ हजार परीक्षार्थी सहभागी हुदै

काठमाण्डौ २ चैत । विद्यालय तहको महत्वपूर्ण परीक्षा एसइइमा यस वर्षदेखि हरेक प्रदेशमा फरक प्रश्न सोधिने भएको छ । परीक्षा नियन्त्रक कार्यालयले प्रदेशगत प्रश्न सोधिने तयारी गरेको जनाएको छ ।
गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइएको छ । प्राविधिक र संस्कृततर्फ भने सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र सोधिने छ ।
यस वर्षको एसईई परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुदैछन् । नियमिततर्फका चार लाख ५० हजार १८६ परीक्षार्थी छन् । देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा चैत १० देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार सबैभन्दा बढी काठमाडौँमा ३७ हजार ५७६ परीक्षार्थी सहभागी हुने भएका छन् । सबैभन्दा बढी प्रदेश–३ मा एक लाख छ हजार दुई जना परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३५ हजार ६२४ परीक्षार्थी छन् । सबैभन्दा बढी परीक्षा केन्द्र प्रदेश–३ मा ४१९ वटा कायम गरिएको छ ।
यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको पनिकाले जनाएको छ । परीक्षा नियन्त्रक अधिकारीले उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित जिल्लामा पठाउने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
हालै कर्मचारी समायोजन भएपछि एसईई परीक्षा प्रभावित हुने हो कि भनेर पनिकाका पदाधिकारी चिन्तित छन् । उहाँले समायोजन भएका कर्मचारी परीक्षा सकिनुअघि नै पत्र बुझिसक्ने भएकाले नयाँ जाने कर्मचारीका कारण परीक्षा व्यवस्थापनमा समस्या नपरोस् भनेर परीक्षा नसकिँदासम्म नयाँ कर्मचारीलाई खटनपटन नगर्न सरकारसँग आग्रह गरिएको बताउनुभयो ।
चितवनमा पनि एसइइ परीक्षको लागि तयारी पूरा भएको छ । परीक्षा केन्द्रहरुको तय भएको छ भने आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

शेयर गरौ

ताजा अपडेट