युथ क्लब नारायणगढको नेतृत्वमा कँडेल

चितवन २० असार ।
युथ क्लब नारायणगढ चितवनको ५१ औ साधारणसभा तथा २६ औ अधिवेशनले दयाराम कडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


शनिबार सस्थाको कार्यालयमा भएको अधिवेशनले उपाध्यक्षमा अनिता नेपाली, महासचिवमा केशव सापकोटा, कोषाध्यक्षमा केशव पौडेल, सदस्यमा सञ्जय पाण्डे, सौरभ प्रधानलगायतलाई चयन गरेको हो ।
सस्थाका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाको प्रगती प्रतिवेदन महासचिव रामचन्द्र आचार्यले र आर्थिक प्रतिवेदन अनिता नेपालीले प्रस्तुत गर्नु भएको थियो । सस्थाले तीन वर्षसम्म गरेको सामाजिक कार्यको विवरण महासचिव आचार्यले प्रस्तुत गर्नु भएको थियो । सस्थाले विगतमा भन्दा अहिले गरेको सामाजिक आर्थिक प्रगतीको विषयमा सहभागीहरुले खुलेर प्रसंसा गर्नु भएको थियो ।


अधिवेशनको उद्घाटन सत्रमा पूर्व अध्यक्ष भूवन आचार्यले कठिन अवस्थामा पनि सस्थाले समाजिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नु भयो । बालबालिका, महिला, शिक्षाको क्षेत्रमा आगामी दिनमा अझ सशक्त भएर लाग्न सुझाव दिनुभयो । यस्तै गरी पूर्व अध्यक्ष केशवप्रसाद रेग्मीले आर्थिक पारदर्शीता र सामाजिक कार्यमा क्लवले गरेको उदाहरणीय कामले अन्यलाई पनि पाठ सिकाएको बताउनुभयो । आउदा दिनमा वर्तमान कार्यसमितिले गरेको जस्तै उदाहरणीय काम गरेर देखाउन नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो ।


कार्यक्रममा पूर्व अध्यक्ष ज्ञानेन्द्र पिया, हेरम्वकुमार असिम, आजीवन सदस्य इश्वर श्रेष्ठलगायतले मन्तव्य राख्नु भएको थियो । अधिवेशनमा निर्वाचन उपसमितिको संयोजकमा केशवप्रसाद रेग्मी, सदस्यमा हेरम्वकुमार असिम र
निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठले भूमिका निर्वाह गर्नु भएको थियो । सस्थाका अध्यक्ष शालिग्राम नेपालले निस्वार्थ समाजिक कार्यमा लाग्न कठिन भएपनि यसलाई निरन्तरता दिने बताउनुभयो । सस्थाले नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरेपछि मात्रै कार्यभार सुरु हुनेछ । सस्थाले केही हप्ता भित्रै पद हस्तान्तरण गर्ने जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट