एकै दिनमा सुनको भाउमा ऐतिहासिक उछाल

काठमाडौं ।

नेपाली सुन बजारमा आइतबार सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँको उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।

यो वृद्धि नेपाली सुन बजारको इतिहासमै एक दिनमा भएको ठूलो मूल्यवृद्धिमध्ये एक मानिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व आर्थिक परिस्थितिका कारण स्थानीय बजारमा समेत सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट