जनमैत्री स्थानीय सरकारमा राप्ती नगरपालिका

चितवन । चितवनको राप्ती नगरपालिकाले विपन्नलाई घर र विरामीलाई निःशुल्क रगतको व्यवस्था गरेको छ ।
नगरपालिका प्रमुख शमशेर लामाले कार्यकालको उपलब्धि सार्वजनिक गर्दै सीमान्तकृत चेपाङ समुदायसहित चारसय भन्दा धेरै विपन्नको लागि घर निर्माण गरिसकेको जानकारी दिनुभयो । उहाले विरामीलाई निःशुल्क एम्बुलेन्स र रगतको व्यवस्था समेत गरेको बताउनुभयो ।
विपक्षी पार्टीका जनप्रतिनिधिको अबरोध छिचोल्दै नगरको विकासमा उपलब्धि हासिल गरेको उहाँको दावी छ । विकास निर्माण नगरबासीको चाहना र गरिवी निबारणलाई प्राथमिकता दिएर काम गर्दै आउनु भएको छ । नगर प्रमुख लामाले नगरको शिक्षा र स्वास्थ्यमा सुधार गर्दै आएको जानकारी दिनुभयो ।
विपन्नलाई ५०० वटा घर निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको लामाले अहिलेसम्म ४०० भन्दा बढी घर निर्माण गरेर हस्तान्तरण गर्नु भएको छ । विपक्षी पार्टीका जनप्रतिनिधिले नगर प्रमुखको कार्यकक्षमा पटक पटक तालावन्दीले जनतामा समस्या परेको जनाउनु भयो । जनप्रतिनिधि बीचको अनावश्यक द्वन्द्वले प्रमुख लामाले सोचे जस्तो काम गर्न नसकेको जानकारी दिनुभयो ।
पालिकाको विकटमा रहेको कान्दा क्षेत्रका वासिन्दालाई सुविधा दिन आफूले प्रयास गरेको उहाँको भनाइ छ । उहाले सुत्केरी, घर विहीनहरु, भोकाहरुको भोक मेटाउनकै लागि पहाड केन्द्रीत कार्यक्रम सञ्चालन गर्नु भएको छ ।
“पहाडका जनतालाई छिटो विकास चाहिएको छ,” उहाँले भन्नुभयो– “सडक निर्माण, खानेपानी, यातायाता र विद्युतको पहुँच पुगोस भन्ने थियो ।” राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । पालिकाका हरेक वर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । पलिकाले कक्षा १२ सम्म निशुल्क रुपमा पढ्न पाउने व्यवस्था गरेको हो । विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ ।
पालिकाले निःशुल्क एम्बुलेन्स, निःशुल्क रगत, दस हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङमा वर्थिङग सेन्टर सुरु गरेको छ । नमुना कान्दा अभियान अन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहुँच, कान्दामा फोर जि इन्टरनेट सेवा विस्तार समेत भएको उहाले जानकारी दिनुभयो ।
८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण गरेको छ । मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरेको छ । भूमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गर वडा नम्बर ७ र ११ रातो पुर्जा वितरणको सुरु गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् ।

 

शेयर गरौ

ताजा अपडेट