प्रधानमन्त्री बालेन साह आज विदेशी राजदुतसंग सामुहिक भेट गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो ।

आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परम्परा तोडिने विश्वास

प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ। गत चैत १३ गते प्रधानमन्त्रीको पद सम्हालेका शाहले विभिन्न दूतावासहरूबाट शिष्टाचार भेटका लागि पटक–पटक अनुरोध आए पनि हालसम्म व्यक्तिगत रूपमा विदेशी प्रतिनिधिसँग भेट गरेका छैनन् ।

यसअघि भने नयाँ प्रधानमन्त्रीहरूले पदभार सम्हालेको केही दिनमै राजदूतहरूलाई कार्यालय वा निवासमै बोलाएर छुट्टाछुट्टै भेट गर्ने अभ्यास थियो । उक्त अभ्यासप्रति बौद्धिक वर्ग र सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । तर विगतको अभ्यास बालेनले तोड्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज पहुँचको अभ्यास देखिएकोमा यसपटक त्यो परम्परामा अन्त्य हुने बताए । उनले भनेका छन्, ‘परराष्ट्रमन्त्री शिशिर खनाल सहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ ।’

शेयर गरौ

ताजा अपडेट