ट्याङकरको ठक्करबाट महिलाको मृत्यु

 

चितवन, ।
पूर्वी चितवनको टाडीमा ट्याङकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–९ टाडी निपनी चोकमा तेल बोकेको ट्याङ्करले ठक्कर दिदाँ स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय मिना रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । स्कुटर चालक ५३ वर्षीय पूर्ण सापकोटा सकुसल रहनु भएको छ ।
खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको ट्याङकरले सोमबार दिउँसो करिब ३ः२५ बजे भित्री सडकबाट निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्याङकर चालक राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयको आक्रोसले तनाव सिर्जना भएको थियो । ठुलो सङख्यामा प्रहरी परिचालन गरेर अवस्थालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख पुरीले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट