चितवन समाचार डटकम, ३० फागुन ।
भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढमा आज चोक चोकमा थुप्रिएको फोहोरले दुगन्ध फैलाएको छ ।
विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण फोहोर उठाउन आउने गाडी नचलाइएपछि मुख्य चोक चोकमा सडकमै फोहोर असरल्ल भएको छ ।
पुल्चोक,शहिद चोक र लायनसचोक नजिक सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएको छ । दुगन्र्धले स्थानीय बासिन्दा तथा बटुवाहरु नाकमुख छोपेर आवातजावात गरिरहेको देखीएको थियो ।
यता भरतपुर महानगरपालिकका वातावरण विभाग प्रमुख ईन्जिनियर बिराट घिमिरेले आज बिशेष परिस्थितीका कारण फोहोर नउठेको बताउनुभयो । भोली विहानवाट नियमित गाडी गई फोहोर उठाउने घिमिरेले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले दैनिक ६० टन भन्दा भन्दा बढी फोहोर उठाउने गरेको छ । फोहोरलाई नारायणगढको नगरवन नजिक लगेर फाल्ने गरिएको छ ।
