नारायणगढमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा नष्ट, नक्कली बम भएको प्रहरीको भनाई

चितवन समाचारडटकम, ३० फागुन ।
चितवनको नारायणगढ बजार लायन्सचोकमा शंकास्पद बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले नष्ट गरेको छ ।

दिउसो शंकास्पद अवस्थामा फेला परेपछि बमको आशंकामा गएको सेनाको टोलीले सो बस्तु नष्ट गरिदिएको हो । सडक पेटीको चौतारामा सेतो प्लाष्टिकले बेरेर बाहिर देखिनेगरी तार निकालेको पोका फेला परेको थियो । तर, पोका भित्र जेलेर राखेको तार मात्र भेटीएको, वारुद वा बम नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक युवराज तिमिल्सीनाले जानकारी दिनुभयो ।

दिउँसो करिब पौने तीन बजेको समयमा मोटरसाईकलमा आएका दुईजना ब्यक्तिले शंकास्पद वस्तु आफ्नो होटल अगाडि सडकपेटीमा छाडेर गएको स्थानीय भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक तिमिल्सिनाको कमाण्डमा प्रहरी खटिएको थियो ।

शेयर गरौ

ताजा अपडेट