ग्लोरियस एकेडेमीको वार्षिकोत्सव भव्य

चितवन २ फागुन । भरतपुरको ग्लोरियस एकेडेमी चितवनले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
तोरणबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । वार्षिकउत्सव कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक ऋषिराम शर्माले विद्यालयले गरेको शैक्षिक प्रगतीका विषयमा चर्चा गर्नु भएको थियो । विगतमा भएका एसइइ परीक्षामा विद्यालयबाट उत्कृष्ट अंक ल्याउन सफल भनेको यहाँको शैक्षिक वतावारण राम्रो भएको कारण सफलता भएको उहाले बताउनुभयो ।


केन्द्रीय प्याव्सन र जिल्ला प्याव्सन चितवनका प्रतिनिधिहरू कीर्तिनिधि अर्याल, मिनराज बस्ताकोटी, भानु अर्याल, वेदराज न्यौपानेलगायतल शुभकामना तथा आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयकी प्राचार्य शारदा ढकालले शैक्षिक प्रतिवेदन र भावी कार्ययोजनाको विषयमा जानकारी गराउनु भएको थियो । विद्यालयमा कक्षा १२ को शैक्षिक कार्यक्रम सुरूको वर्षदेखि नै चितवन जिल्लामा लगातार द्वितीय र प्रथम स्थान हासिल गरेको थियो ।
कार्यक्रममा सहजकर्ताको भूमिकामा रामेश्वर आचार्य, कार्यक्रम सञ्चालन अनिस सापकोटा र स्वागत मन्तव्य नेपाली विभाग प्रमुख भरतबाबु ढकालले राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट