भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । चितवनको भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारको प्रवक्ता सुरेश न्यौपानेका अनुसार ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ बिगो माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो।

उनी २०४८ माघ ६ गते सेवामा प्रवेश गरी २०८० असार ६ गतेसम्म काम गरेको देखिन्छ। उक्त अविधमा तलब, दैनिक भम्रण भत्ता, स्थानीय भत्ता, बैठक भत्तालगायत गर्दा १० करोडभन्दा बढी आय देखिएको छ। उक्त आयबाट ३ करोड ५१ लाख ८ हजार २१० मात्र वैधानिक देखिएको छ। आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट