चितवन ।
सितलहरको चिसो मौसममा पनि चितवनको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीडले तातिएको छ ।
सुस्ताएको सौराहामा हात्ती महोत्वसले पर्यटकीय गतिविधिमा उभार ल्याएपछि अहिले यहाँका होटलहरु भरिएका छन् । पुस ११ गतेबाट यहाँका होटलहरुमा बुकिङको चाप वढेको क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारै पर्यटकको चाप बढेर अहिले ८० प्रतिशत भन्दा धेरै होटलका कोठाहरु भरिएका छन् ।
खनालले भन्नुभयो “ पुसको पहिलो साता पर्यटक पातलिएका थिए, दोस्रो साताबाट भरिदै आएर अहिले रौनक थपिएको छ । हात्ती महोत्सवपछि तमु ल्होसारको विदा र त्यसपछि अङग्रेजी नयाँ वर्षको कारण पर्यटकहरु आएका हुन् ।” सौराहा आएका पर्पटकहरुमा अन्तरिक धेरै भएको पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् ।
वुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा भएको अवरोधको कारण सुनौलीहुदै भारतबाट नेपाल आएका पर्यटकको बुकिङ रद्द भएको छ । दाउन्नेमा भएको समस्याका कारण सवारी साधन रोकिएपछि बुक रद्द भएको महासचिव खनालले बताउनुभयो । लुुम्बिनी घुमेर सौराहा वस्न आउने स्थलमार्गको पर्यटकहरु प्रभावित भएको उहाले जानकारी दिनुभयो । त्यस्तै गरी भरतपुर काठमाडौं र भरतपुर पोखराको विमान पनि खराव मौसमको कारण चारदिनदेखि उडान वन्द हुदा बाह्य पर्यटक प्रभावित भएको उहाले बताउनुभयो ।
चारदिनदेखि सितलहरको कारण भरतपुर विमानस्थलमा कुनैपनि उडान हुन सकेको छैन । यहाँ दैनिक ७ देखि ८ वटा उडान हुदै आएको छ । ७२ सिटे र ४२ सिट क्षमताको जहाजले उडान भर्दै आएको हुन् । हवाइजहाजको उडान प्रभावित भएपछि वस तथा निजी सवारी साधनबाट आउनेहरु भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डेले जानकारी दिनुभयो । उहाले भन्नुभयो “ छोटो दुरी भएकाले भरतपुर सौराहा आउने पर्यटकहरु वसबाट आउने धेरै छन् थोरै मात्र हावाइजहाजबाट आउने गर्दछन् । ”
सितलहरका बिच पनि विदामा सौराहा आउने पर्यटकको सङख्या राम्रो छ अध्यक्ष पाण्डेले भन्नुभयो तीनदेखि होटलमा कोठा पाउन मुस्किल भएको छ । सौराहा र यस आसपासका होटलहरु समेत भरिएको उहाले बताउनुभयो ।
होटल सेभेन प्रालिका सञ्चालक माधव दुवाडीले एक महिनासम्म होटल बुक भएको बताउनुभयो । होटलमा आउनेहरु अधिकांस आन्तरिक पर्यटकले भरिएका छन् । ३० प्रशितश घुम्नको लागि आउने पर्यटक छन् भने बाँकी ७० प्रतिशत यही समय पारेर विभिन्न कार्यक्रम तथा मिटिङका कार्यक्रम भएको उहाले जानकारी दिनुभयो । रत्ननगरको टाँडीमा सञ्चालन हुने महोत्सवलाई लक्षित गरी खाना र आवासमा १० प्रतिशत छुट दिएकाले बुक गर्नेको सङख्या वृद्धि भएको उहाले बताउनुभयो ।
क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेले हिाल तथा पहाडी क्षेत्रमा जाडो वृद्धि भएपछि न्यानोको लागि पनि सौराहा आउनेहरुको सङख्या वढेको बताउनुभयो । अहिले यहाँका धेरै होटलहरु भरिएका छन् जसले गर्दा अहिले सौराहा पर्यटकले रापताप भएको छ । पुस महिना भरी यहाँका होटलहरुमा राम्रो बुक भएको उहाले जानकारी दिनुभयो ।
सौराहा आउने पर्यटकहरु जङ्गल सफारीका लागि आउने गर्दछन् । हात्ती चढेर जनावर हेर्ने, जीप सफारी गर्ने लगायतका गतिविधि यहाँको महत्वपूर्ण आकर्षक हो । सौराहा र यस वरपार अहिले चार हजार पर्यटक एकै पटक वस्न सकिने गरी होटलका कोठाहरु भएको क्षेत्रीय होटल संघ सौराहाले जानकारी दिएको छ ।


