हेटौडामा सडक विस्तार सुरु : विहानदेखि घर भत्काउन थालियो

हेटौडा । वागमती प्रदेश राजधानी हेटौडामा सडक विस्तार गर्न सडकको सिमा क्षेत्रमा परेका घर भत्काउन सुरु गरेको छ । डिभिजन सडक कार्यालय हेटौंडाले दिएको १५ दिनसको सिमा अवधीमा नभत्काएका घरहरु शनिबार विहानदेखि भत्काउन थालिएको हो ।
घर भत्काउदा हुन सक्ने अवरोधका कारण सुरक्षाकर्मीहरुको व्यापक परिचालन गरिएको छ । रेखाकंनभित्र परेका संरचनाहरु हटाउन थालिएको छ । यो निरन्तर चल्ने डिभिजन सडक हेटौंडाले जनाएको छ । तीन चार ठाउँबाट एकैपटक काम सुरु गरिएको छ।

सडक कार्यालयले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका लागि १५ दिने सूचना निकालेको थियो । सोही सूचनामा उल्लेख भए अनुसार आजबाट कार्यान्वयन सुरु भएको हो ।

उचित मुआब्जा र क्षतिपूर्ति दिएर मात्र सडक विस्तार कार्य अघि बढाउन घरधनीहरुले माग गरेका थिए । तर, यसमा सुनुवाई भएन र आज बिहानैबाट घर संरचना भत्काउने कार्य अघि बढेको छ ।

यसभन्दा अघि पनि हेटौंडामा सडक विस्तार कार्य भएको थियो । तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीको पहलमा विस्तार कार्य गरिएको भएपनि राजनीतिक दबाब पछि उनको सरुवा गराइएको थियो ।

शेयर गरौ

ताजा अपडेट