चितवन समाचारडटकम, फागुन २९ ।
भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा मंगलवार राती शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । बिस्फोटले तोरीखेतमा रहेको कार्यालय क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशीलसींह राठौरले चितवन समाचारडटकम लाई जानकारी दिनुभयो । राती साढे १२ बजेतिरको समयमा बम विस्फोट भएको उहाँले जानकारी दिनुभयो ।
‘बिस्फोटले कार्यलय भवन ध्वस्त छ, मानविय क्षति भएको छैन । शक्तिशाली सिलिण्डर बम बिस्फोट गराइएको रहेछ ’ राठौरले भन्नुभयो । बिस्फोट लगत्तै आगलागी भएको थियो ।
घटना थाहा पाए लगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उहाँले बताउनुभयो ।
बिस्फोट कस्ले गराएको नखुलेको प्रहरीले जनाएको छ । घटना प्रति महानगर प्रमुख रेनु दाहालले दुखः ब्यक्त गर्नुभएको छ ।