हेल्थ साइन्सलाई पाकिस्तानले सहयोग गर्ने

चितवन । नेपालकालागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले स्कुल अफ हेल्थ साइन्सलाई सहयोग गर्न इच्छुक भएको बताउनु भएको छ ।
मङगलबार भरतपुरमा रहेको सिटिइभिटीको आंगिक सस्था स्कूल अफ हेल्थ साइन्समा भएको अन्तरक्रियामा उहाँले पाकिस्तान सरकार सहयोग गर्न तयार भएको बताउनु भएको हो ।


उहाले हेल्थ साइन्स उच्च शिक्षाका महत्वपूर्ण सस्था रहेको उल्लेख गर्नू भयो । आवश्यक परेको विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेलगायत विभिन्न तरिकामा सहयोग गर्न इच्छुक रहेको बताउनु भएको शिक्षालय प्रमुख सुमन पौडेलले जानकारी दिनुभयो ।
सिटिइभिटी शिक्षाको गुणस्तर सुदृढ गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न दूतावासको तत्परता रहेको उहाँको भनाइ थियो । राजदुतले सस्थामा विद्यार्थी तथा विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्नु भएको थियो । स्कूल अफ हेल्थ साइन्सका नवनियुक्त प्रमुख सुमन पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा भरतपुर आँखा अस्पतालका प्रमुख चिकित्सा निर्देशक डा पुष्पा गिरीको उपस्थिति रहेको थियो । शिक्षालयका सहायक प्रिन्सिपल श्री दीपक चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । शिक्षालय प्रमुख सुमन पौडेलले विगतदेखि वर्तमान सम्मको प्रगती र अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट