मध्येरातमा लुटपाट गर्ने खोज्ने २१ जनालाई समात्यो सेनाले

काठमाडौं ।अराजक गतिविधि रोक्न परिचालन भएको नेपाली सेनाले काठमाडौं र भक्तपुर क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई पक्राउ गरेको छ।

सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई गएराति समातेको हो। दिनभरिको प्रदर्शनपछि राति उच्छृंखल गतिवधि रोक्न सेना परिचालन गरिएको थियो।

सेनाले उच्छृंखल गतिविधि भए हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्स एप वा भाइबरमा मेसेज पठाउन अनुरोध गरेको छ। टोल छिमेकमा त्यस्ता गतिविधि भए सुरूक्षा संयन्त्र पुग्नु अगाडि स्थानीयले एकजुट भई स्थितिको निरन्तर निगरानी राख्न सेनाले आग्रह गरेको छ।

शेयर गरौ

ताजा अपडेट